थप समाचारबिहीबार, जेठ १४, २०७२

सर्पले डस्दा दुई वर्षीया बालिकाकाे मृत्यु

हिमालखबर

विषालु सर्पले डस्दा महोत्तरीको बर्दिवास नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ ।

बर्दिवास–१२ माईस्थानका बादल थिङकी दुई वर्षीया छोरी खुसीकाे मृत्यु भएकाे इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । बुबा २३ वर्षीय बादल थिङलाई पनि सोही सर्पले डस्दा उनको अवस्था सिकिस्त रहेको प्रहरी निरीक्षक चन्देश्वर यादवले बताए ।

गएराति बाबुछोरी दुवैजना एउटै ओछ्यानमा सुतिरहेका बेला विषालु सर्पले दुवै जनालाई टोकेकोमा दुवैजना आज बिहान ६ बजे जिल्लाको गौरीवासस्थित नेपाली सेना शेरगणको सर्पदंश उपचार केन्द्रमा उपचारका लागि आएका थिए ।

सर्पदंश उपचार केन्द्रमा उपचारका लागि आएकी बालिका खुसीको उपचार केन्द्रमा पुग्नेबित्तिकै मृत्यु भएको प्रहरी निरीक्षक यादवले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>