थप समाचारबिहीबार, जेठ १४, २०७२
पहिरो नरोकिएपछि अवरुद्ध कालीगण्डकी खुलाउन सकिएन
म्याग्दीको राम्चेमा ८ जेठ साँझबाट सुरु भएको पहिरो नरोकिएपछि थुनिएको कालीगण्डकी नदी खुलाउन नसकिएको प्रहरीले जनाएको छ ।
काफलडाडाँ भत्किएर झरेको ठूलो पहिरोले थुनिएको नदीमाथिबाट पानी बग्न थालेपनि अझै नदी खोल्न भने सकिएको छैन । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले नदी खोलाउन प्रयत्न गरिरहेको छ ।
पहिरोले पुरिएको बसेरीमा चार करोड क्षति
राम्चे–९ काफलडाँडा नजिकैको पहाडबाट खसेको भीषण पहिराले राम्चेको फेदी र भगवती–२ बैसरी बस्ती पुरिँदा रु चार करोड बढीको भौतिक क्षति भएको छ ।
बैंसरीमा पहिराबाट विस्थापित बनेकाको बसाइँ व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालयले लगत सङ्कलन गर्नेक्रममा रु चार करोड २२ लाख ८० हजारको क्षति भएको पाइएको हो । प्रारम्भिक लगत सङ्कलनका क्रममा घर, नगद, जिन्सी, पशु चौपायालगायत गरी उक्त क्षति भएको विवरण सङ्कलन भएको प्रहरी नायब निरीक्षक हिराबहादुर थापाले बताए ।
त्यस्तै त्यहाँ रहेका दुई झोलुङ्गे पुलसमेत पहिराले पूर्ण रुपमा क्षतिग्रस्त तथा १४३ जना विस्थापित भएको प्रहरी कार्यालयले जनाएको छ । राम्चे–९ काफलडाँडा नजिकैको पहाडबाट खसेको पहिराले राम्चेको फेदी र भगवती–२ बैसरी बस्ती पूरै पुरिँदा त्यहाँका २७ घरपरिवार अहिले घरबारविहीन भएका छन् ।
चट्टानी पहाड खसेर गएको सुक्खा पहिराले भीषण रुप लिँदा बस्तीमाथि पहिरो थोपरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
