थप समाचारबिहीबार, जेठ १४, २०७२
महाभूकम्पको नाममा ठगी गर्ने दुई भारतीय महिला पक्राऊ
-सुरेश बिडारी, वीरगञ्ज
महाभूकम्पको नाममा ठगी गर्ने दुई जना भारतीय महिलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले विहारकी ५० बर्षीया शान्तिदेवी र ४५ बर्षीया गिर्जादेवि मलाहलाई पक्राऊ गरेको हो । वीरगञ्जको विभिन्न ठाउँमा भूकम्प पीडितलाई भारत सरकारले ५० हजार दिने भन्दै उनीहरु २ हजार लिएर फारम भराउँदै हिडेकी थिइन् ।
सुरजाहा–९ मधुवनी टोलबाट पक्राऊ परेका उनीहरुको साथबाट २२ वटा नेपाली नागरिकताको प्रतिलिपी, भारत निर्वाचन आयोग पहचान पत्रको १० वटा प्रतिलिपी, भारत निर्वाचन आयोग पहिचानपत्र २ वटा, बिहार सरकार निवास प्रमाण पत्रको फोटोकपी ७ वटा, आधार पहिचान पत्रको फोटोकपी १ वटा, रकम लिएको दिएको हिसाब राखेको कपी ३ वटा, लाभाको मोबाइल सेट १ थान, भारतीय ६७० र मोबाइल बरामद गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
