थप समाचारबिहीबार, जेठ १४, २०७२

सात बर्षपछि दाङबाट उडान सुरु

हिमालखबर

-देविका घर्ती मगर, दाङ

Dang Ma Biman (2)सात बर्षदेखि बन्द रहेको दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलबाट उडान सुरु भएको छ ।

पुनः सञ्चालनमा ल्याइएको विमानस्थलबाट आज गोमा इअरको ढल्–ब्प्ल् विमानले उडान भरेको छ । उक्त विमान काठमाडौबाट सुर्खेत हुँदै टरिगाउँ विमानस्थलमा अवतरण गरेको थियो ।

विमानस्थल पुनःसञ्चालनमा ल्याउन तुलसीपुर उद्योग वाणिज्य संघलगायतका संघसंस्था लागी परेका थिए । गत बर्ष १८ असारमा सीता इअरले सफल परीक्षण उडान भरेपनि नियमित सञ्चालनमा आउन सकेको थिएन ।

२०१६ सालदेखि ०४२ सम्म सञ्चालनमा आएर बन्द भएको विमानस्थल पुनः २०६० मा सञ्चालनमा आएपनि २०६६ पछि बन्द भएको थियो ।

धावनमार्गमा कालोपत्रे नभएको, यात्रु अभावलगायत समस्या देखाउँदै त्यहाँ नियमित उडान भएको थिएन । हप्तामा दुई पटक उडान तालिका निर्धारण गरिएको विमानस्थलबाट काठमाडौं आउन रु. ७ हजार ९९० भाडा तोकिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>