थप समाचारशुक्रबार, जेठ १५, २०७२

एसएसपीलाई गोली हान्‍नेलाई माफी

हिमालखबर

गणतन्त्र दिवसका अवसरमा सरकारले माफी दिन सिफारिस गरेकाको सूचीमा तत्कालीन एसएसपी रणबहादुर चन्दलाई गोली हान्ने उनका अंगरक्षक करणसिंह साउद पनि परेका छन्।

चन्द महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख हुँदा उनलाई साउदले घरमै गोली प्रहार गरी ज्यान लिने प्रयास गरेका थिए। काठमाडौं जिल्ला अदालतले २०६८ चैत २१ गते साउदविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा पाँच वर्षको कैद सजाय सुनाएको थियो।

गृह मन्त्रालयले धेरैजसो चोरी, डाँका, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, बहुविवाह, नकवजनी, चोरी र सवारी ज्यान मुद्दाका कैदीलाई बाँकी सजाय माफी दिन सिफारिस गरेको छ। सिफारिसमा परेका सूचीमा परिवर्तित नाम राखेर पनि पठाइएको छ।

अन्नपूर्ण पाेस्ट दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>