थप समाचारशुक्रबार, जेठ १५, २०७२

अनेम संघ पनि अस्थायी टहरा बनाउँदै

हिमालखबर

-चीना थापा

11272094_974973495930483_1031536507_nकाठमाडौं बुढानिलकण्ठकी चन्द्रवती नगरकोटीलाई अव कसरी बर्षा काट्ने भन्ने चिन्ता हटेको छ । उनलाई अखिल नेपाल महिला संघले अस्थायी टहरा बनाइदिएपछि उनको चिन्ता हटेको हो ।

नगरकोटीजस्तै त्यस वरपरका १० परिवारका लागि संघमा आवद्ध महिलाहरुले अस्थायी टहरा बनाइदिए । उनीहरुले यस बोहक भत्केका घरबाट सामान झिकिदिने र सरसफाईमा समेत सहयोग गरेका थिए ।

संघकी प्रवक्ता शान्ता अधिकारीले अव त्यही क्षेत्रमा थप ३० वटा टहरा बनाइदिने बताइन् । उनका अनुसार संघले बुढानिलकण्ठ सुकुम्बासी वस्तीमा अस्थायी टहरा बनाइदिनेछ ।

संघले काठमाडौंमा जसरी नै महाभूकम्पबाट अतिप्रभावित १६ जिल्लामा महिलाहरुलाई पुनस्थापना कार्यमा खटाएको छ । बर्षायाममा पानी नचुहिने र बस्न योग्य पुनर्वासको व्यवस्था मिलाउन सहयोग गर्ने प्रवक्ता अधिकारीले बताइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>