थप समाचारशनिबार, जेठ १६, २०७२

प्रधानमन्त्री काेषमा माेरङबाट दुई कराेड

हिमालखबर

महाभूकम्पपीडितको सहयोगार्थ मोरङबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड ९४ लाख ६५ हजार ८९१ जम्मा भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीको अग्रसरतामा सो रकम कोषमा जम्मा भएकोे हो । सोमध्ये मोरङमा कार्यरत कर्मचारीको तलब भत्ताबाट रु ८२ लाख ७९ हजार ९३० जम्मा गरिएको छ ।

त्यस्तै जिल्लामा रहेका उद्योग, सङ्घसंस्था, राजनीतिक दल, नागरिक समाज, उद्योग वाणिज्य सङ्घ, शैक्षिक संस्था, विभिन्न समुदाय र व्यक्तिगत रुपमा रु एक करोड ११ लाख, ८५ हजार ९६१ सङ्कलन भएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईंटेलले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>