थप समाचारआइतबार, जेठ १७, २०७२
चेपाङ गाउँमा अस्थायी टहरा बनाउँदै पाैडेल
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा चितवनको सिद्धि गाउँ विकास समितिमा महाभूकम्पबाट भत्किएका घरको पुनःनिर्माण तथा अस्थायी टहरा निर्माण थालिएको छ ।
पौडेलसहित कांग्रेस चितवनका जिल्लास्तरका नेता सिद्धि पुगेका छन् । उनीहरुले ३२ वटा अस्थायी टहरा निर्माण गर्नुका साथै सामान्य भत्किएका घरको मर्मतमा समेत सहयोग गर्ने कांग्रेस चितवनका सचिव जीतनारायण श्रेष्ठले बताए ।
अधिकांश चेपाङ बस्ती रहेको सो गाविसका छवटा वडाका विभिन्न गाउँमा नयाँ अस्थायी टहरा निर्माण गरिने श्रेष्ठले बताए ।
अस्थायी टहरा निर्माण गर्न कांग्रेसका चितवनका सचिव श्रेष्ठ, क्षेत्रीय सभापति कुमार कार्की, रत्ननगर सभापति रुपनराज घिमिरेसहितका ७० जना नेता तथा कार्यकर्ता सिद्धि पुगेका हुन् । टोलीको नेतृत्व गर्नुभएका केन्द्रीय सदस्य पौडेलले कांग्रेस कार्यकर्ताले गाउँगाउँमा पुगेर जनताको सेवा गर्ने समय आएको बताए ।