समाचारसोमबार, जेठ १८, २०७२

राहतमा राजनीति भएकाे भन्दै संसद् सचिवालयमा उजुरी

हिमालखबर

एमाअाेवादीले नुवाकोटमा राहत सामग्री वितरणमा राजनीति भएको भन्दै संसद् सचिवालयमा उजुरी दर्ता गराएको छ ।

पार्टीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले उजुरी दर्ता गराउँदै उक्त जिल्लामा जस्तापाता वितरणमा राजनीतिककरण भएको र त्यसबाट भूकम्पपीडित आहत भएकाे बताए ।

‘एमाओवादीले सञ्चालन गरेको राष्ट्रिय श्रम तथा पुनःनिमाण अभियानमा सहभागी हुने क्रममा आफूले राहत सामग्री वितरणमा चरम राजनीतिककरण भएको र फरक आस्थाका कसैलाई पनि जस्तापाता नदिएको’ उजुरीमा उल्लेख गरिएको छ ।

सरकारले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने जनाए पनि त्यो नुवाकोटमा कार्यान्वयन नभएको र आफूले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउँदा त्यसको सुनुवाई नभएको उनले उजुरीमा उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>