समाचारसोमबार, जेठ १८, २०७२
उपसभापति पाैडेल र भारतीय राजदूतबीच भेटबार्ता
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत रणजीत रेबीच बिहान भेटवार्ता भएकाे छ ।
त्यस अवसरमा उनीहरूबीच संविधान लेखन, पछिल्लो राजनीतिक अवस्था तथा भूकम्पपछिको नवनिर्माणबारे छलफल भएकाे छ । भारतीय राजदूतले भूकम्पका कारण नेपालले झेल्नु परेको महाविपत्तिमा भारतले सक्दो सहयोग गरेको र अब हुने पुनः स्थापना पुनर्निर्माण एवम् नवनिर्माणमा पनि हरतरहले सहयोग गर्न आफ्नो मुुलुक तयार रहेको बताए ।
“नेपाललाई परेको दुःखमा भारत प्राविधिक, आर्थिक एवम् भौतिक सहयोग गर्न तयार छ,” राजदूत रेलाई उद्धृत गर्दै उपसभापति पौडेलले भने । उपसभापति पौडेलले संविधान बनाउन राजनीतिक दलबीच सहमतिको प्रयास पुनः सुरु भएको बताउँदै विपत्तिका बेला राहत, उद्धारलगायत काममा भारतले गरेको सहयोगप्रति आभार व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>