समाचारसोमबार, जेठ १८, २०७२

वीर अस्पताल र दरबार हाइस्कूलकाे राष्ट्रपतिद्वारा अवलाेकन

हिमालखबर

President Inspects Durbar High Schoolमहाभूकम्पले भत्किएको वीर अस्पताल र दरबार हाइस्कूलकाे राष्ट्रपति रामवरण यादवले निरीक्षण गरेका छन् ।

राष्ट्रपति यादवले वीर अस्पताल परिसरका बहिरङ्ग, अन्तरङ्ग विभागका साथै नर्सिङ कलेज तथा छात्रावासलगायत भवनको निरीक्षण गरे । भूकम्पबाट अस्पतालमा भएको क्षतिका बारेमा राष्ट्रपति यादवलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा गणेश गुरुङले जानकारी गराए ।

उनले इतिहास बोकेको चिकित्सा विज्ञान संस्थालाई चाँडो मर्मत तथा पुनःनिर्माण गरी पहिलाकै अवस्थामा पु¥याएर जनतालाई प्रभावकारी सेवा दिन निर्देशन दिए । भूकम्पले अस्पतालको नर्सिङ कलेजको छात्रावास र भान्छाकोठालगायत पूरै भवन क्षतिग्रस्त भएको छ । त्यहाँ सहरी विकास तथा भवन निर्माण विभागले रातो स्टिकर टाँसेको छ ।

त्यस्तै मुख्य भवनसँगैको बहिरङ्ग खण्ड मर्मत गर्नुपर्ने भएकाले पहेँलो स्टिकर टाँसिएको छ । अस्पतालको नयाँ सघन उपचार कक्ष, अर्बुद्ध रोग, महिला उपचार कक्षलगायत रहेको चारतले भवनमा रातो स्टिकर टाँसिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>