थप समाचारसोमबार, जेठ १८, २०७२

जापानमा एक नेपाली विद्यार्थीको मृत्यु

हिमालखबर

अध्ययनका लागि जापान गएका एक नेपाली युवकको आइतबार राति रहस्यमय तरिकाले मृत्यु भएको छ ।

न्यू भिजन इन्टरनेशनल कन्सलटेन्सीमार्फत १४ अप्रिलमा जापान गएका धनकुटाका भीमबहादुर कटवालकाे मृत्यु भएकाे हाे । कटवाल निसी टोकियो इन्टरनेशनल भाषा विद्यालयमा जापानी भाषा अध्ययनरत थिए ।

आइतबार दिउँसोसम्म उनलाई केही भएको थिएन । सँगै बस्दै आएका रविन तामाङ्का अनुसार आइतबार बेलुका खाना खाइरहेको समयमा एक्कासि बोली बन्द भएपछि उनलाई तत्कालै यहाँको नेशनल डिफेन्स अस्पताल लगिएको थियो ।

अस्पतालले उनलाई तत्काल मृत घोषणा गरेपनि किन र के कारणले मृत्यु भएको भन्नेबारे केही बताएको छैन । निसी विद्यालयले पनि कटवालको मृत्यु भएको पुष्टि गरेपनि मृत्युको कारणबारे केही बताएको छैन । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>