थप समाचारसोमबार, जेठ १८, २०७२

झापामा हजारको नोट नक्कली भेटियो

हिमालखबर

-गोपाल गडतौला, झापा

notझापाको गौरादहस्थित शुभलक्ष्मी सहकारी संस्थामा हप्तादिनभित्रै हजार रुपैयाँको दुई वटा नक्कली नोट फेला परेको छ ।

त्यहाँ हप्तादिनभित्र दुई वटा नक्कली नोट फेला परेकोहो । १८ जेठमा नगद जम्मा गर्न आएका एक गैरसरकारी संस्थाका कार्यकर्ताले ल्याएको २५८२६३ नम्बरको नोट नक्कली भेटिएको सहकारीका व्यवस्थापक रामपौडेलले बताए ।

यसअघि, ११ जेठ दिँउसो पनि नक्कली नोट फेला परेको थियो । पाँच हजार जम्मा गर्न आएका एक कस्मेटि पशलेले ल्याएको एउटा नोट नक्कली भेटिएको थियो ।

सहकारीले दुबै नोट अलग गरी नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगरमा जानकारी गराएको छ । यी दुवै नोट २५८२६३ को रहेको छ । सहकारीले दुबै पटक नोट जम्मा गर्न आउनेको पहिचान भने खुलाउन मानेन् ।

यस्तै, नेपाल बैंक लिमिटेड गौरादह शाखामा गत बुधवार बिद्युत प्राधिकरणले ल्याएको नोट पनि नक्कली भेटिएको थियो । बैंक प्रबन्धक गेहनाथ कोइरालाले उक्त नक्कली नोट नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय बिराटनगरमा बुझाएको बताएका छन् ।

उनले गौरादहको बजारमा नक्कली नोट अरु हुनसक्ने भन्दै बैंकको काउण्टरमा बस्ने क्यासियरलाई प्रत्येक नोट हातले गन्ती गर्न निर्देशन दिएको बताए ।
सक्कली नोट भिजाएर सुकाँउदा पहिलेको जस्तै हुन्छ तर नक्कलीनोट भिजाँउदा रंग उड्छ, मसी लत्पतिन्छ र कागज च्यातिन्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>