Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
ग्लोबल मूभी फेस्टीभलमा नेपाली फिल्म - Himalkhabar.com

रमझममंगलबार, जेठ १९, २०७२

ग्लोबल मूभी फेस्टीभलमा नेपाली फिल्म

हिमालखबर

Prakash Thapa0अमेरिकाको सान फ्रान्सिसको ग्लोबल मूभी फेस्टिभलमा नेपाली फिल्मले पनि सहभागिताको मौका पाएको छ ।

चलचित्र चक्लेट

चलचित्र चक्लेट

‘फेडरेसन अफ इन्डो अमेरिकन’ संस्थाले बर्षेनि आयोजना गर्ने फेस्टिभल आगामी अगस्ट ७ देखी १६ सम्म हुनेछ । उक्त फेस्टिभलमा ३० देशका २५० वटा फिल्म प्रदर्शन गरिने फेस्टिभलका कन्भेनर तथा अध्यक्ष डा.झाप्रा रोमेसले बताए ।

नेपालबाट पूजना प्रधानको ‘चकलेटु’, ऋिचा घिमिरेको ‘तुलसी’ र ‘टाटा बाईबाई’ र फूलमान बल निर्देशित लघु फिल्म ‘सेलफोन’ र जस कुमार राइको ‘सेक्रिफाइस नेभर डाइज’ नामक वृत्तचित्रको प्रदर्शनी हुने पक्का भइसकेको फेस्टीभलका ग्लोबल निर्देशक मध्येका प्रकाश थापाले बताए ।

आफू निर्देशक हुँदा नेपालको फिल्मलाई सहभागिता गराउँन प्रयास गरे अनुरुप सफल हुँदा खुशी लागेको थापाले बताए । नेपाली फिल्मलाई बिश्व सामु चिनाउँने उद्देश्यले नेपाली फिल्म र कलाकारलाई सहभागिता गराउन लागेको बताए ।

थापाले भने, ‘‘दुई दशक लामो ईतिहास बोकेको फेस्टिभलमा नेपालको उपस्थिति मात्र हो, पछि यसको निरन्तरता हुन्छ ।’’

निर्देशक थापाका अनुसार हलिउडका प्रख्यात कलाकार ज्याक्की चन, स्यारोन स्टोन तथा बलिउडबाट बिध्या बालन, रानी मूखर्जी, गायक सोनु निगमलगायतको उपस्थिती हुने उक्त फेस्टिभलमा कलिउडबाट कलाकार सुनील थापा उपस्थित हुनेछन् ।

संसार भरका कलाकार, पत्रकार, फिल्म निर्माता, निर्देशक, लेखकहरु उपस्थित हुनेछन् ।

tulasi

चलचित्र तुलसी

0

चलचित्र टाटा बाईबाई

selphone

सेलफाेन

 

‘सेक्रिफाइस नेभर डाइज’

‘सेक्रिफाइस नेभर डाइज’

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>