समाचारमंगलबार, जेठ १९, २०७२
पुनःस्थापना र संविधानपछि राष्ट्रिय सरकारः उपेन्द्र यादव
महाभूकम्प प्रभावितहरुको पुनःस्थापना र नयाँ संविधान जारी भएपछि मात्रै राष्ट्रिय सरकार बनाउन सकिने मधेशी जनाधिकार फोरम नेपालले निर्णय गरेको छ ।
काठमाडौंमा बसेको राजनीतिक समितिको बैठकले राष्ट्रिय सरकार भन्दा पनि पुनःस्थापना र नयाँ संविधानलाई प्रमुख अजेण्डा बनाउनुपर्ने निष्कर्ष निकालेको छ ।
फोरम नेपालले राहत वितरणमा ढिलासुस्ती, भेदभाव, असमानता, लापरवाही, अनियमितता र भ्रष्टाचार भएको ठहर गरेको छ । बैठकले यस्तो कार्य तत्काल अन्त्य गर्नुपर्ने माग समेत गरेको छ ।
नियम मिच्नेलाई कार्बाही
पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले नियम विपरित काठमाडौंमा घर, अर्पाटमेन्ट र टावर निर्माणमा संलग्नहरुलाई कार्बाही गर्नुपर्ने माग राखेको छ ।
पुनःर्निर्माणको लागि छुट्टै संयन्त्र निर्माण गर्न, राहत तथा पुनसर््थापना कार्यमा सबैको सहभागिता रहेको निर्णय भएको छ ।