थप समाचारबुधबार, जेठ २०, २०७२
भूकम्प पीडितलाई सहयाेग गर्दै भुटानी शरणार्थी
भूकम्पबाट घर भत्किएका रामेछापका ३० परिवारलाई अस्थायी टहरा बनाउन भुटानी शरणार्थी युवाको समुह खटिएको छ ।
शरणार्थी स्वयंसेबकले रामेछाप सदरमुकामको साउने गाँउमा २२ परिवारलाई र सदरमुकामकै अन्य क्षेत्रमा अस्थायी टहरा बनाइरहेका छन् ।
१९ जेठ रामेछाप पुगेको १४ जना भुटानी शरणार्थी स्वयंसेवकको टोलीले स्थानीय क्षेत्रमा उपलब्ध बाँसका छाप्रा बनाइरहेको दमकस्थित राष्ट्रसंघिय शरणार्थी आयोगको कार्यालयले जनाएको छ ।
शरणार्थी शिविरका जस्तै अस्थायी छाप्रा बनाउन चाँहिने फलामको काँटी, तार र प्लास्टिक आयोगले उपलब्ध गराएको आयोगका बाह्य सम्बन्ध सहायक दिप उप्रेतीले बताए ।
गोपाल गडतौला, झापा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>