समाचारबुधबार, जेठ २०, २०७२
कक्षा १२ को परीक्षा सुरु
उच्च माध्यमिक शिक्षा परिषदले आजबाट कक्षा १२ को परीक्षा सुरु गरेको छ ।
२० वैशाखबाट सुरु हुने भनिएको परीक्षा महाभूकम्पको कारण परिषद्ले सारेको थियो । परिषद्ले आजबाट ६८ जिल्लामा सुरु भएको छ । महाभूकम्पबाट अतिप्रभावित गोरखा, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप बाहेकका जिल्लामा परीक्षा सुरु भएको हो ।
परिषद्का अनुसार आठ सय ४६ परीक्षा केन्द्र र केन्द्राध्यक्ष, एक हजार ६९ सहायक केन्द्राध्यक्ष, ९१३ जना पर्यवेक्षक, ९ हजार ७६१ निरीक्षक, ८४६ कर्मचारी, एक हजार ६९२ कार्यालय सहयोगी र १० हजार ९९८ जना सुरक्षाकर्मी खटिएका छन् ।
कक्षा ११ को परीक्षा भने आगामी ३१ जेठबाट सुरु हुँदैछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>