समाचारबुधबार, जेठ २०, २०७२

समयमै अस्थायी बासकाे व्यवस्थाः अाेली

हिमालखबर

kp-sharma-oli_20141228070830नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्पपीडितलाई समयमै अस्थायी बासस्थानको व्यवस्था गरी खुला आकाशमुनि रहन बाध्य नपारिने र भोकभोकै नराखिने बताएका छन् ।

भूकम्पका कारण धरापमा परेका घर भत्काउने कार्यमा लागेका एमालेका स्वयम्सेवकलाई लेले–४, ललितपुरमा सामग्री वितरण गर्दै उनले भूकम्पबाट प्रभावित ७६ वटा निर्वाचन क्षेत्रमा झन्डै २८ हजार कार्यकर्ता स्वयम्सेवक परिचालन गरिएकाे बताए ।

विदेशबाट आउने सहयोगको सदुपयोग गरी देशलाई नयाँ नेपाल बनाउन सकिने बताउँदै उनले पीडितलाई अब राहत नभई जस्तापाता एवम् नगद वितरण गर्नुपर्ने बताए ।

एमालेका स्वयम्सेवक सरकारसँग हातेमालो गदै पुनःनिर्माण कार्यमा सहयोग गर्न तयार रहेको उनले उल्लेख गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>