थप समाचारबुधबार, जेठ २०, २०७२

४० हजार पाल नेपाल भित्रियो

हिमालखबर

-सुरेश बिडारी, वीरगञ्ज

वीरगञ्ज भन्सार नाका हुँदै ४० हजार थान पाल नेपाल भित्रिएको छ ।

भूकम्प पीडितहरुका लागि भारतीय उद्योग वाणिज्य महासंघले ४० हजार थान पाल सहयोग गरेको हो । भारतको रेल मार्ग हुँदै वीरगन्जस्थित सिर्सिया सुख्खा बन्दरगाहा भएर करीब दुई करोड रुपैयाँ बरावरको पाल नेपाल भित्रिएको हो ।

बन्दरगाहा परिसरमा वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका प्रतिनीधिले प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेलाई पाल हस्तान्तरण गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>