थप समाचारबुधबार, जेठ २०, २०७२
कवाडीमा मिसाएर कम्प्युटर तस्करी
कवाडी सामानमा मिसाएर भारततर्फ लैजादै गरिएको एक ट्रक कम्प्युटरको सामाग्री विराटनगर प्रहरीले बरामद गरेको छ ।
काठमाडौंबाट भारत जा“दै गरेको ट्रक २० जेठमा जाँच गर्दा कम्प्युटरको सामाग्री फेला परेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक गंगाप्रसाद पौडेलले बताए ।
विराटनगर–१७, स्थित मलाया रोडको किनारमा बिहानीपख राखिएका बोरा जाँच गर्दा कम्प्युटरका सामान फेला परेको थियो । ट्रकमा रहेका एक किशोरले काठमाडौको बालाजुबाट उक्त सामाग्री ल्याएको जनाएपनि थप खुल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक पौडेलले चीनबाट वा भूकम्पको मौका छोपेर काठमाडौंबाट उक्त सामाग्री चोरी भएको हुनसक्ने बताए ।
कमल रिमाल, विराटनगर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
