समाचारबिहीबार, जेठ २१, २०७२

६ वा ८ प्रदेशको संघीयतामा एमाले र एमाओवादीबीच सहमति

हिमालखबर

नेकपा एमाले र एमाओवादीका शीर्ष नेताहरुबीच बहुपहिचानको आधारमा ६ वा ८ प्रदेशको संघीयता बनाउने सहमति भएको छ ।

एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको शीर्ष नेताहरुको बैठकले यो प्रस्ताव नेपाली कांग्रेससँग राख्ने निर्णय गरेको छ । बैठकपपछि एमालेका उपाध्यक्ष भीम रावलले भने, ‘‘यो प्रस्ताव चार दलको बैठकमा राखिनेछ ।’’

‘‘राज्य पुनःसंरचनाको विषयलाई चाँडो टुङ्ग्याउने विषयमा एकसरो छलफल भएको हो, संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पुर्‍याएर राष्ट्रिय सहमतिको सरकार गठन गर्ने र भूकम्पबाट पीडित जनतालाई राहत तथा पुनःनिर्माणमा जुट्ने विषयमा दुई दलबीच समान धारणा बनेको छ । ’’ एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको भनाइ उद्धृत गर्दै स्वकीय सचिव चूडामणि खड्काले भने ।

बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता बाबुराम भट्टराईको सहभागिता रहेको थियो । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>