समाचारशुक्रबार, जेठ २२, २०७२
‘राष्ट्रका लागि एक दिन’
महाभूकम्पपीडितका लागि नागरिकलाई आफ्नो क्षेत्रबाट एक दिन प्रदान गर्न आग्रह गर्दै एक्ट्स नेपालले ‘राष्ट्रका लागि एक दिन’ अभियान सुरु गरेको छ ।
काठमाडाैंमा अायाेजित कार्यक्रममा एक्ट्स नेपालका कार्यक्रम संयोजक अजय मल्लले विपद्का बेला सबै नेपालीले मिलेर यसको सामना गर्न र पुनःस्थापित हुनका लागि यो अभियान सञ्चालन गरिएको बताए ।
शिक्षा, स्वास्थ्य, पुनःनिर्माण र कृषि क्षेत्रमा संस्थाले कार्य गरिरहेको छ । संस्थाले विभिन्न विद्यालयमा गएर त्यहाँका विद्यार्थीलाई मनोचिकित्सकमार्फत मनोपरामर्श दिने, कृषियोग्य जमिन भएकालाई कृषि सामग्री प्रदान गर्ने, विभिन्न स्वास्थ्य शिविरको आयोजना गरी सेवा दिने तथा पुनःनिर्माण गर्नुपर्ने विभिन्न स्थानमा गएर आवश्यक सहयोग गर्ने कार्य गरिरहेको छ ।
संयोजक मल्लले भने, “विभिन्न क्षेत्रका व्यक्तित्वलाई नागरिकको जीवन सहज बनाउन आफ्नो तर्फबाट के गर्न सकिन्छ सो गर्नका लागि आह्वान गरेका छौँ ।” आज दरबार हाई स्कुलमा आयोजित कार्यक्रममा मनोचिकित्सक बच्चुराम बस्नेतले कक्षा ४ देखि १० सम्मका करिब एक सय विद्यार्थी तथा शिक्षक/शिक्षिकालाई मनोपरामर्श दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
