समाचारशुक्रबार, जेठ २२, २०७२

सरकार होइन, राष्ट्रिय एकताः पौडेल

हिमालखबर

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले देशमा आएको राष्ट्रिय विपत्तिलाई सामना गर्न राष्ट्रिय सरकारभन्दा पनि राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन् ।

“अहिले राष्ट्रिय सरकार निर्माण गर्ने समय होइन, भूकम्पले सिर्जना गरेको विपत्तिको सामना गर्न राष्ट्रिय एकताको आवश्यकता हो”, उनले भने ।

नेकपा एमालेसँग संविधान जारी गरेपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायत महत्वपूर्ण पाँच पदमा पुनःव्यवस्था गरिने सहमति भएको प्रसङ्ग उल्लेख गर्दै उपसभापति पौडेलले संविधान जारी गर्नु नै अहिलेको सरकारको प्रमुख काम भएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>