समाचारशुक्रबार, जेठ २२, २०७२
दुर्घटनाग्रस्त अमेरिकी हेलिकोप्टरमा पाँच नेपाली रहेको पुष्टि
२९ वैशाखमा सिन्धुपाल्चोकको घोर्थलीमा दुर्घटनामा परेको अमेरिकी हेलिकोप्टरमा थप पाँच जना सर्वराधारण नेपाली रहेको सेनाले पुष्टि गरेको छ ।
२२ जेठमा विज्ञप्तीमार्फत सैनिक जनसम्पर्क निर्देशनालयले लादुक–७ दोलखाका धु्रव कट्वाल, लोकबहादुर कट्वाल, शिव खत्री, यमबहादुर खत्री र लामिडांडा गाविसकी साबित्री सिवाकोटीको सोही दुर्घटनामा परी मृत्यु भएको डिएनए परीक्षणबाट खुलेको जनाएको हो ।
उक्त दुर्घटनामा पाँच सर्वसाधारणसहित १३ जनाको मृत्यु भएको पुष्टि भएको छ । राहत लिएर दोलखा पुगेको हेलिकोप्टर त्यहाँबाट घाइतेहरू ल्याएर काठमाडौं आउँदै गर्दा २९ वैशाखबाट सम्पर्कविहीन भएकोमा १ जेठमा सिन्धुपाल्चोक र दोलखाको सीमामा पर्ने कालिन्चोक डाँडा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।
दुर्घटनास्थलबाट प्राप्त मानव अस्थिपन्जर र अन्य प्रमाणको परीक्षण तथा दुई नेपाली सैनिक, ६ अमेरिकी सैनिक र पाँच जना गैरसैनिक नेपालीको डिएनए परिक्षण गरी नेपाली सेना तथा संयुक्त राज्य अमेरिकाको बिशेषज्ञ टोलीले अन्तिम परीक्षण प्रतिवेदन तयार पारेको थियो ।
दुर्घटनामा परेका सह–सेनानी तपेन्द्र रावलको शव परिवारलाई बुझाइसकिएको तथा सैनिक जमदार बसन्तबहादुर तितरा र अन्य पाँच जनाको शव पनि आ–आफ्नो परिवारलाई बुझाउने व्यवस्था मिलाइएको निर्देशनालयको विज्ञप्तीमा छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
