समाचारशुक्रबार, जेठ २२, २०७२

शीर्ष नेताहरू सहमति नजिक

हिमालखबर

मधेशी मोर्चासहित प्रमुख चार दलका शीर्ष नेताहरुले नयाँ संविधानका अन्तर्वस्तुमा सहमति नजिक पुगेको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकमा विवादित विषयमा केन्द्रीत रहेर भएको छलफल सहमति नजिक पुगेका बताएका हुन् । ‘‘अव धेरै अलमल नहोला, एक दुई दिनमा प्रगति देखिएला, छलफलका विषयवस्तु साँघुरिदै गएका छन् ।’’, बैठकपछि नेकपा एमालेका अध्यक्ष केपी ओलीले भने ।

मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले राजनीतिक समस्याको रुपमा रहेको संविधान जारी गर्न विषय केन्द्रीत हुने सहमति भएको बताए ।

उनले भने, ‘‘राज्य पुनःसंरचना ६ प्रदेशमा सहमति हुने संभावना छ, तर अहिले ८ प्रदेशबारे पनि छलफल भइरहेको छ ।’’

बैठकमा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र एमाओवादीका अध्यक्ष विजय गच्छदार सहभागी थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>