समाचारशनिबार, जेठ २३, २०७२

प्रधानमन्त्री फेर्ने अभियानमा एमाअाेवादी छैनः दाहाल

हिमालखबर

एमाअाेवादीका अध्यक्ष पु्ष्पकमल दाहालले एमाअाेवादी प्रधानमन्त्री फेर्ने अभियानमा नरहेकाे बताएका छन् ।

उनले भने, “झन्डा हल्लाउने, मन्त्री बन्ने प्रधानमन्त्री फेर्ने अभियानमा एमाओवादी छैन, संविधानमा सहमति नभइकन केही हुँदैन भन्ने सबै दललाई परेको छ, सरकार अहिलेको आवश्यकता होइन, संविधान र पुनःनिर्माण अहिलेको आवश्यकता हो ।’’

उनले दलहरुले नयाँ राष्ट्रिय एकता प्रदर्शन गरेर लामो समयदेखि अवरुद्ध संविधान निर्माण प्रक्रियालाई अगाडि बढाउने र सहमतिका आधारमा संविधान जारी गरी एकीकृत भएर नवनिर्माणमा जुट्नुपर्ने बताए ।

‘गोरखा भूकम्प’ले क्षतिग्रस्त ललितपुरको पथप्रदर्शक मावि बडीखेलमा एमाओवादीको राष्ट्रिय श्रम अभियानले तयार पारेको अस्थायी संरचना हस्तान्तरणका लागि आज आयोजित कार्यक्रममा अध्यक्ष दाहालले आफ्नै पौरख र सीपले नयाँ निर्माण गर्नुपर्ने र पुनःनिर्माणका लागि नेपाली आफैं सक्षम रहेकाे देखाउनुपर्ने बताए ।

उनले भारत, चीनलगायत मित्र राष्ट्रले उपलब्ध गराउने सहयोग नेपालको आवश्यकतामा आधारमा मात्रै लिनुपर्ने र प्राथमिकीकरण गर्नुपर्नेमा जोड दिए । मुलुकमा परेको शोक र पीडालाई राष्ट्रिय शक्ति र अभियानमा बदल्ने अवसरका रुपमा लिनुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री दाहालले प्राकृतिक तथा राजनीतिक सङ्कटपछि विश्वका धेरै मुलुक आर्थिक समृद्धिको दिशामा अगाडि बढेको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>