समाचारशनिबार, जेठ २३, २०७२
नेता र कलाकारबीच मैत्रीपूर्ण फुटबल
भूकम्प पीडितको सहयोगार्थ नयाँ पत्रिका दैनिकले आयोजना गरेको नेता र कलाकारबीचको मैत्रीपूर्ण फुटबल खेल भएकाे छ ।
राजनीतिक दलको तर्फबाट प्रधानमन्त्री सुशील कोइराला र कलाकारको तर्फबाट मह जोडीले नेतृत्व गरेका छन् । खेलमा कलाकार समूहले तीन गाेल गरेका छन् भने राजनीतिक दलका तर्फबाट कुनै पनि गाेल हुन सकेन ।
राष्ट्रपति रामबरण यादवले रेफ्रीलाई बल दिएपछि खेल सुरु भएको थियाे । राजनीतिक दलको समूहमा प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेताहरुले नै सहभागिता जनाए ।
खेलको प्रत्यक्ष प्रशारण हेर्नुहोस् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
