समाचारशनिबार, जेठ २३, २०७२

बाँदरमुढेकाे स्मृतिमा दीप प्रज्वलन

हिमालखबर

640x359xmadi.jpg.pagespeed.ic.Hza8Ba9VpMचितवनको माडीमा सशस्त्र द्वन्द्वका बेला तत्कालीन नेकपा माओवादीले घटाएको बाँदरमुढे घटना घटेको आज १० वर्ष पूरा भएको छ ।

बर्सेनि स्मृतिसभाका बेला विभिन्न कार्यक्रम हुने भए पनि आज भूकम्पको पीडाका कारण ठूलो कार्यक्रम भने भएन । तर पनि मृतकको सम्झनामा घटनास्थलमा मौन धारण र दीप प्रज्वलन गरिएको बाँदरमुढे घटना पीडित सङ्घर्ष समितिका उपाध्यक्ष कृष्ण अधिकारीले बताए ।

माडीको बाँदरमुढे खोलामा १० वर्षअघिको कहालीलाग्दो घटना स्मरण गर्दै घटनास्थलमा निर्मित स्मारक स्थलमा पीडितले फेरि पनि न्यायको माग गरेका छन् ।

माओवादीले २०६२ साल जेठ २३ गते माडीको बाँदरमुढेमा ना २ ख ३२४५ नम्बरको यात्रुबाहक बसलाई बारुदी धरापमा पारेको थियो । अयोध्यापुरीबाट यात्री लिएर नारायणगढ आउँदै गरेको बस धरापमा पार्दा ३८ यात्रीको मृत्यु भएको थियो भने ७२ जनाभन्दा बढी घाइते भएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>