थप समाचारआइतबार, जेठ २४, २०७२

पूर्व सांसद कोइरालाको निधन

हिमालखबर

dr gopal prasad koiralaपूर्वसांसद गोपालप्रसाद कोइरालाको निधन भएको छ । कलेजोमा खराबीआएर थलिएका ८४ बर्षीया पूर्व सांसद कोइरालाको २३ जेठ राति बिराटनगरस्थित निबासमा निधन भएको हो ।

२४ जेठ बिहान उनको पार्थिब शरीरलाई कांग्रेस केन्द्रिय सदस्य डाक्टर शेखर कोइरालाले पार्र्टीको झण्डा ओढाई श्रद्धाञ्जली दिए ।

झापा क्षेत्र नम्बर ६ बाट २०५६ को उपनिर्बाचनमा उनी विजय भएका थिए । नेकपा एमाले नेता केपी ओली झापाका दुर्ईवटा निर्बाचन क्षेत्रबाट बिजयी भएपछि उनले राजिनामा दिएको झापा ६ को उपनिर्बाचनमा कोइराला बिजयी भएका थिए ।

भोजपुरको पोखरेबाट २०२८ सालमा झापाको दमक झरेका कोइरालाले भारतको कोलकाताबाट मेडिकल साइन्स अध्ययन गरेका थिए । उनले दमकमा खोलेको कोइराला मेडिकल अझै चालु छ ।

पञ्चायतकालमा पटक पटक हिरासतमा परेका कोइराला झापाका पहिलो पुस्ताका काँग्रेस कार्यकर्ता थिए । उनले झापा दमकका हिमालय उच्च माबि, दमक बहुमुखी क्याम्पस, पृथ्बीमाबि, पशुपतीमन्दिर लगायतका धार्मिक र शैक्षिक प्रतिष्ठान निर्माण र सञ्चालन समितीमा नेतृत्वदायी भुमिका निर्बाह गरेका थिए ।

कोइरालाका तीन छोरा र दुई छोरी छन् । उनको २४ जेठ बिहान बिराटनगरस्थित परोपकार घाटमा अन्त्येष्टी गरियो ।

गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>