खेलकुदबुधबार, कार्तिक २२, २०६९

फिफा वरियतामा नेपाल चार स्थान तल झर्यो

Sandesh Panta

फिफाले २२ कार्तिकमा सार्वजनिक गरेको वरियता अनुसार नेपाल चार स्थान तल झरेको छ । नेपाल भारतसँगै १६९ औँ स्थानमा आइपुगेको हो । २०११ को मार्च महिनाको वरियतामा नेपाल १७२ औं स्थानमा रहेको थियो ।
२०११ को सेप्टेम्बरमा १३५ औँ स्थान प्राप्त गरेको नेपालले त्यसपछिका महिनाहरुमा क्रमिक रुपमा फितलो प्रदर्शन गर्दै आएको छ जसको असर फिफा वरियतामा देखिएको छ । २०१२ नोभेम्बर महिनाको लागि प्रकाशित वरियतामा दक्षिण एशियाली मुलुकहरु मध्ये माल्दिभ्स १६० औँ स्थान सहित अब्बल टोली बनेको छ ।
२०६८ साउनमा १३६औं मा रहेको नेपाल दक्षिणएसियामा सबैभन्दा अगाडि थियो । फिफाले सन् १९९३ मा र्‍याङ्किङ शुरु गर्दा भारत १००औं र नेपाल १२४औं स्थानमा थियो। त्यो बेला अहिले जस्तो २०९ देश र्‍याङ्किङमा थिएनन्।

यसैबीच, विश्वकप तथा युरोकप विजेता स्पेन प्रथम वरियतामा सुरक्षित छ । त्यस्तै अर्को युरोपेली महाशक्ति जर्मनी पनि दोस्रो स्थानमा कायमै छ । अर्जेन्टिनाले तेस्रो र पोर्चुगल चौथो स्थान प्राप्त गरेका छन् । इटलीले २९ महिनापछि पहिलो पटक प्रथम पाँचमा भित्र स्थान बनाएको छ । २०९ मुलुकहरुको यस वरियतामा भुटान, सान मरिनो तथा टर्क्स एन्ड केइकोस द्विप संयुक्त रुपमा अन्तिम स्थानमा रहेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>