समाचारआइतबार, जेठ २४, २०७२

नेपाललाई नाेबेल पुरस्कार विजेता सत्यार्थीले यस्ताे सुझाव दिए

हिमालखबर

Satyarthi Press Meetनोबेल पुरस्कार विजेता कैलाश सत्यार्थीले भूकम्पबाट क्षतिग्रस्त नेपालका भौतिक संरचनाको पुनःनिर्माणका लागि दुई अलग निकाय गठन गर्न सुझाव दिएका छन् ।

नेपालको दुईदिने भ्रमणमा रहनुभएका सत्यार्थीले आफूले भूकम्प प्रभावित विभिन्न जिल्लाको समेत भ्रमण गरेको बताउँदै पुनःनिर्माणका लागि राष्ट्रियस्तरमा एक अधिकार सम्पन्न प्राधिकरण र अन्तर्राष्ट्रियस्तरमा नेपालको साख जोगाइराख्न एक अन्तर्राष्ट्रिय समन्वय समिति गठन गर्नुपर्ने सुझाव दिए । अाज भएकाे पत्रकार सम्मेलनमा उनले आफूले यो सुझाव प्रधानमन्त्री सुशील कोइरालाका साथै विभिन्न दलका शीर्षस्थ नेतासमक्ष प्रस्तुत गरेको र यसलाई उनीहरुले सकारात्मक रुपमा लिएको बताए ।

उनले सुझाव दिएको प्राधिकरणमा विपक्षी दलका नेता, सरकारका प्रतिनिधि, नागरिक समाज र पूर्व न्यायाधीश रहनुपर्ने र समितिमा प्रधानमन्त्री, विपक्षी दलका नेता, सरकारका प्रतिनिधि, नागरिक समाज र निजी क्षेत्रलाई समावेश गर्नुपर्ने बताए ।

सोमबारदेखि नर्वे, जर्मनी र अमेरिका भ्रमण गर्न लाग्नुभएका सत्यार्थीले ती मुलुकमा नेपालका विद्यालय र बालबालिकाको अवस्थाको विषयमा आफूले कुरा उठाउने र सहयोगका लागि आह्वान गर्ने बताए । विपत्तिका बेलासमेत नेपालीले देखाएको संयमितता र विद्यालय जान बालबालिकाले देखाएको चासोले आफू अत्यन्त हर्षित भएको उनको भनाई छ ।

भूकम्प प्रभावित जिल्लाका बालबालिका बेचबिखनमा पर्न सक्ने सम्भावनाप्रति सरकार, अभिभावक, स्थानीयवासीलगायत सरोकारवाला बेलैमा सचेत हुन पनि सामाजिक अभियन्ता सत्यर्थीको आग्रह थियो ।

उनले भूकम्पका कारण ४०० बालबालिका अनाथ भएको र उनीहरुमा सामाजिक सचेतना र मनो–परामर्शको आवश्यकता रहेकामा जोड दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>