समाचारसोमबार, जेठ २५, २०७२

अझ तीन साता गर्मीबाट बच्नुपर्ने

हिमालखबर

मुलुकको पूर्वी भागमा तातो हावा र पश्चिमी भागमा अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएपछि विज्ञहरुले सर्वसाधारणसँग केही सातासम्म वचाउका उपाय अपनाउन आग्रह गरेका छन् ।

अत्यधिक गर्मीको समस्या अगामी दुई/तीन सातासम्म जारी रहन सक्छ । गर्मीको दुष्प्रभाव बुढापाका, गर्भवती, वालवालिका, दिर्घरोगी, कामदार लगायतहरुमा बढी देखिने भएकोले उनिहरुलाइ थप सतर्कता आवश्यक रहेको विज्ञहरुले बताएका छन । अत्यधिक गर्मी र तातो हावाले शारिरीक समस्या उत्पन्न गर्नुको मुख्य कारण शरिरमा नुन र पानीको कमी हुनु हो ।

‘बंगालको खाडीबाट मनसुन नआएसम्म गर्मीको मार जारी रहन्छ’, इपिडिमियालजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बाबुराम मरासिनि भन्छन– ‘विरगंजदेखि पूर्व झापासम्म अत्यधिक गर्मीको दुष्प्रभाव संगै पश्चिम तिर तातो हावाले स्थानीयबासीलाई सताइरहेको छ ।’

कान्तिपुर दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>