समाचारसोमबार, जेठ २५, २०७२

संविधानसभाको बैठक आज, सहमति खोज्दै दलहरु

हिमालखबर

नयाँ संविधानका विवादित विषयमा सहमति जुटाउन मधेशी मोर्चासहित प्रमुख चार दलको बैठक बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले विहान ९ बजेबाट बस्ने बैठकले विवादित विषय मिलाउने प्रयत्न गरिने एक नेताले बताए ।

विवादित अन्य विषयमा सहमति जुटाइसकेको दलहरुबीच संघीयताबारे ठोस सहमति हुन बाँकी छ । धेरै पटक सहमति खोज्नका लागि भन्दै दलहरुको अनुरोधमा सारिदै आएको संविधानसभाको बैठक पनि आजै बोलाइएको छ ।

दिउँसो ३ बजे बैठक बोलाइएकाले यसअघि नै दलहरु सहमतिमा पुग्ने प्रयत्नमा लागेका छन् ।

६ प्रदेशमा जान लगभग सहमति जुटिसकेको दलहरुबीच सीमांकनबारे सहमति जुट्न बाँकी छ । तर, यो विषयमा पनि अव दलहरु लचक भएर जाने संभावना रहेको ती नेताले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>