थप समाचारसोमबार, जेठ २५, २०७२

अमेरिकामा रहेका भुटानीको १९ लाख सहयोग

हिमालखबर

Donation handover to unicefअमेरिका पुनर्बास भएका भुटानीले नेपालका भुकम्प पीडितलाई संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) मार्फत रु १९लाख सहयोग गरेका छन् ।

नेपालमा लामो अवधि शरणार्थी रहेपछि अमेरिकाका पेन्सिलभेनिया, पिटसबर्ग, मिनिसोटा, न्युयोर्क र कोलम्बसमा पुनर्बास भएका भुटानीले रु १९ लाख संकलन गरी २३ जेठमा युनिसेफको न्युयोर्कस्थित कार्यालयका समुदाय साझेदारी बिभागकी उपनिर्देशक रचेर स्टिनवर्गलाई हस्तान्तरण गरेका हुन ।

रकम सह्तान्तरण गर्दै माधब शर्माले उक्त रकम भुकम्पपीडित बालबालिकाको शिक्षामा खर्चभएको सुन्न चाहेको बताएका थिए ।

सहायता रकम बुझदै उपनिर्देशक स्टिनवर्गले भुटानी समुदायबाट प्राप्त रकम युनिसेफले के कस्तो काममा खर्च ग¥यो भन्ने जानकारी गराईने बताएकी छन् ।

उनले भुकम्पबाट अतिप्रभाबित नेपालका १४ जिल्लामा युनिसेफले सक्रियतापूर्र्वक कार्य गरिरहेको पनि जानकारी दिइन् ।
गोपाल गडतौला

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>