थप समाचारमंगलबार, जेठ २६, २०७२

कार्यालयमा काम गर्नेहरु: निस्क्रिय

हिमालखबर

reutersकार्यालमा जाने र कम्प्युटरका अगाडि घन्टौं बसिरहँदा धेरै किसिमका रोग लाग्न सक्छ

कार्यालयमा काम गर्नेहरुले बारम्बार कुर्चिबाट उठेर यता उता हिँडने गर्नुपर्ने नयाँ अभियानले बताएको छ।

लामो समयसम्म एकै ठाउँमा बसिरहँदा थुप्रै किसिमका स्वास्थ्य समस्या हुने र त्यो व्यायामशालामा गएर कसरत गरे पनि नसच्चिने बताइएको छ।

बरु उठेर काम गर्न पाउने डेस्कको व्यवस्था र उठी उठी बैठक गर्ने उपायहरु अपनाउन सुझाव दिइएको छ।

विज्ञहरुले निस्क्रियता स्वास्थ्यको सबैभन्दा ठूलो चुनौतिमध्ये एक भएको बताएका छन्।

अन्तरसम्बन्ध
यसरी एकै ठाउँमा बसिरहने बानी तथा मुटुको रोग, टाइप टु डायबीटीज, क्यान्सर र कमजोर मानसिक स्वास्थ्यबीच अन्तरसम्बन्ध रहेको बताइएको छ।

यो असर आफुलाई स्वस्थ्य ठान्ने जस्तो कि काममा साइकल चढेर जानेहरु तर काममा गएपछि लामो समय एउटै कुर्चिमा बसिरहनेहरुलाई पनि पर्ने बताइएको छ।

एकैठाउँमा बसिरहँदा शरिरको मेटाबोलिजम सुस्त हुने भएकाले शरिरको चिनिको मात्रा नियन्त्रण गर्ने प्रक्रिया, रक्तचाप र चिल्लोपदार्थ टुक्रयाउने प्रक्रियामा नकारात्मक असर पर्छ।

यो अभियान दुइवटा परोपकारी संस्थाहरु गेट ब्रीटेन स्ट्यान्डिङ र द ब्रीटीश हार्ट फाउण्डेशनले संयुक्त रुपमा चलाएका हुन्।

वातावरण पीडित
उनीहरुले कार्यालयमा काम गर्ने २ हजार जनामा गरेको सर्वेक्षणले मानिसहरु काममा हुँदा आधा घन्टा पनि खुट्टामा नउभिने गरेको, आधा भन्दा बढीले आफ्नै काम गर्ने टेबलमा खाना खाने गरेको र झण्डै असी प्रतिशतले एक ठाउँमा मात्र बसिरहेको भन्ने महशुस गरेको र दुइ तिहाइ जतिलाई स्वास्थ्यमा असर पर्छ भनेर चिन्तित हुने गरेको देखाएको छ।

गेट ब्रीटेन स्ट्यान्डिङका ग्याभीन ब्रेडलीले भने हामी हाम्रो वातावरण पीडित भएका छौं।

हामी काममा झन झन बढि लामो समयसम्म बस्ने भएका छौं।

यो समस्या कम गर्न केहि त गर्नैपर्छ। बरु फोनमा कुरा गर्नुपर्दा अथवा बैठक गर्दा उठेर पो गर्ने हो कि।

त्यस्तै लीफ्टको सट्टा भर्याङ प्रयोग गर्ने, अर्कै टेबलमा गएर खाना खाने, हरेक आधा घन्टामा कम्प्युटरबाट छुट्टी लिने र सहकर्मीहरुसँग फोन या इमेलमा कुरा गर्नुभन्दा उठेर उनीहरुकहाँ गइ कुरा गर्नु राम्रो।

उठौं हिडौं

युनिभर्सिटी कलेज हस्पीटलका डा. माइक लुजमोरले भने – अहिलेको सबभन्दा ठूलो आम स्वास्थ्य समस्या नै निस्क्रियता र लामो समय एउटै सीटमा बसिरहनु भएको छ। सय वर्ष अगाडिको तुलनामा हाम्रो सक्रियता असाध्यै कम छ, हातले गर्ने काम घट्दै गएका छन्।
सडक खन्दा समेत सानो ट्रयाक्टरमा बसेर काम चाहिँ मसिनलाई गराउँछौं।

ब्रीटीश हार्ट फाउन्डेशनकी लिसा योङले भनिन् – धेरै हामीहरु काममा डेस्कमा बसेर कमप्युटरमा आँखा टाँसिरहन्छौं र आफुलाई मुटुरोग लाग्ने खतरातर्फ धकेलिरहन्छौं।

होइन त्यसो गर्न भएन। उठौं हिँडौं र मुटुरोग विरुद्ध उभिउँ।

गेट ब्रीटेन स्ट्यान्डिङका अनुसार उभिँदा प्रतिघन्टा ५० क्यालोरी खपत हुन्छ।

बीबीसीबाट साभार

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>