अर्थ/बजारमंगलबार, जेठ २६, २०७२

विश्व बैंकद्वारा रु ७६ करोड सहयोग

हिमालखबर

विश्व बैंक सडक सुरक्षा सहयोग परियोजना कार्यान्वयनका लागि रु ७६ करोड ३८ लाख अनुदान सहयोग गर्न सहमत भएको छ ।

अर्थ मन्त्रालयमा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख मधुकुमार मरासिनी र विश्व बैंकका देशीय निर्देशक ताकुया कामाताले उक्त सम्भौतामा हस्ताक्षर गरेका छन् ।

यातायातसँग सम्बन्धित ऐन तथा नियम तयार गर्ने लक्ष्य लिइएको उक्त परियोजनाको सञ्चालन नेपाल सडक सुरक्षा परिषद् तथा सचिवालयबाट हुनेछ ।

परियोजनाको कार्यान्वयन भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले कार्यान्वनमा ल्याउने छ । परियोजना कार्यान्वयनपछि मध्यमाञ्चल तथा पश्चिमाञ्चलका ७० हजार मिटर सडक छेउमा बार बनाइने छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>