थप समाचारबुधबार, जेठ २७, २०७२
पूर्व सभासद् शान्ता चौधरी विद्यालय भर्ना
पूर्व सभासद् शान्ता चौधरी उच्च मावि डाँडा गाउँमा कक्षा ८ मा भर्ना भएकी छन् ।
पढ्ने चाहनालाई उमेरले रोक्दैन भन्दै उहाँ स्कुल भर्ना भएकी हुन् । पूर्व कम्लहरीसमेत रहेकी ३५ वर्षीया शान्ताका श्रीमान् वैदेशिक रोजगारका सिलसिलामा खाडी मुलुकमा छन् ।
उनका दुई छोराछोरीमध्ये छोरा कक्षा ९ मा र छोरी कक्षा ७ मा काठमाडौँको एक निजी विद्यालयमा अध्ययनरत छन् ।
चौधरी नेकपा (एमाले) की नेतासमेत हुन। उनी अघिल्लो संविधानसभामा एमालेबाट सभासद् बनेपछि प्राकृतिक स्रोत व्यवस्थापन समितिका संयोजक रहेकी थिइन् ।
चौधरीको पुस्तक ‘कम्लहरीदेखि सभासद्सम्म’ ले राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरेको छ ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>