समाचारबुधबार, जेठ २७, २०७२

अर्थमन्त्री महत भारत प्रस्थान

हिमालखबर

mahatअर्थमन्त्री रामशरण महत भारतको तीनदिने भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन् ।

भारतका वित्तमन्त्री अरुण जेट्लीको निमन्त्रणामा आज २७ जेठमा मन्त्री महत दिल्ली गएको अर्मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा घोषणा भएको सहयोग रकमको उपयोग तथा कार्यान्वयनका सम्बन्धमा दुई पक्षबीच छलफल हुने छ ।

सो अवसरमा नेपालीको बैंक खाता सञ्चालन, भारु ५०० तथा १००० का नोटको कारोबारको विषय, भारतमा नेपाली उत्पादनले व्यहोर्दै आएको समीकारक महसुल (काउन्टरभेलिङ ड्युटी), नेपालमा भारतको लगानी तथा दुई पक्षीय व्यापार विस्तारका बारेमा समेत छलफल हुनेछ ।

अर्थमन्त्री तथा नेपाली प्रतिनिधिमण्डलका नेता महतले भोलि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटी भूकम्पपछिको नेपाल सहायता सम्मेलनका लागि प्रधानमन्त्री सुशील कोइरालाको तर्फबाट निमन्त्रणा हस्तान्तरण गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रीका प्रेस सल्लाहकार गजेन्द्र विष्टले जानकारी दिए ।

सहायता सम्मेलन आगामी असार १० गते काठमाडौँमा आयोजना हुने तय भइसकेको छ । महत उक्त सहायता सम्मेलनको संयोजक पनि हुन् ।

अर्थमन्त्री महतको नेतृत्वमा भारत भ्रमणमा रहेको प्रतिनिधिमण्डलमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारी र अर्थ मन्त्रालयका उपसचिव युगराज पाण्डे सहभागी छन् । उनी २९ जेठमा स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>