समाचारबुधबार, जेठ २७, २०७२

बाँकी विवाद मिलाउन गठित उपसमितिको बैठक जारी

हिमालखबर

नयाँ संविधानमा सहमति जुट्न बाँकी रहेका विवादहरू मिलाउन गठीत उपसमितिको बैठक बसिरहेको छ ।

संवैधानिक–राजनीतिक सम्वाद तथा सहमति समितिले सभासद् पूर्णबहादुर खड्काको संयोजकत्वमा गठन गरेको उपसमितिको बैठक चलिरहेको हो । उपसमितिले अहिले ४ बजेभित्र सहमति जुटाउनेगरी छलफल भइरहेको समिति सदस्य गोपाल दहितले बताए ।

उपसमितिमा खड्का, गोकर्ण विष्ट, कृष्णबहादुर महरा, दिलनाथ गिरी, गोपाल दहित र प्रेमबहादुर सिंह रहेका छन् । उपसमितिबाट विवाद मिलेपछि भोलि सम्वाद समितिले प्रतिवेदन संविधानसभा बैठकमा पेश गर्नेछ ।

नयाँ संविधानका प्रमुख विषयहरु संघीयता, निर्वाचन प्रणाली, न्याय प्रणाली र शासकीय स्वरुपमा सहमति जुटेपनि अन्य केही विषयमा सहमति जुट्न बाँकी छ । स्थानीय निकायको मिति निर्धारण, ‘बहुलवाद’शब्द राख्ने÷नराख्ने, समानुपातिक प्रणालीमा गरिबीको रेखामुनि रहेका वर्गको प्रतिनीधित्व र थ्रेसहोल्डबारे दलहरुबीच सहमति जुट्न बाँकी छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>