थप समाचारबुधबार, जेठ २७, २०७२

राहत सामाग्रीमा भन्सार छुटको अवधि थप

हिमालखबर

भूकम्पपीडितका लागि पर्सा हुँदै मुलक भित्रिने राहत सामाग्रीमा भन्सार छुटको समयावधि थप गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले २७ जेठमा पत्रकार सम्मेलन गरी ७ असारसम्म भन्सार छुटको व्यवस्था कायम गरिएको जानकारी दिएको हो ।

वीरगंज भन्सार र सुख्खा बन्दरगाहबाट भूकम्पपीडितका लागि भारतबाट ल्याइने राहतमा भंसार छुटको समयसीमा ७ असारसम्म कायम गरिएको तर, भन्सार छुटमा आएका त्यस्तो सामाग्री नेपाल सरकारको केन्द्रीय राहत संकलन केन्द्रमा बुझाउनुपर्ने पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताए ।

१२ वैशाखमा गएको महाभूकम्पपछि ल्याइने राहत सामाग्रीमा भन्सार छुटको अवधि पहिलो पटक १२ जेठसम्म तोकिए पनि पछिल्लो समय २५ जेठसम्म पु¥याइएको थियो ।

“भारतबाट अझै १२० ट्रक राहतका प्राविधिक सामान आउन बाँकी भएकोले समयसीमा थप गरिएको हो ।” प्रजिअ केशवप्रसाद घिमिरेले भने ।

घिमिरेका अनुसार वीरगंज भन्सार कार्यालय र सुख्खा बन्दरगाहबाट १४ बैशाखदेखि २० जेठसम्म १ हजार १३५ ट्रक राहत सामग्री देशका ३१ जिल्लामा पठाईसकिएको छ ।

वासस्थान निर्माण लगायत खाद्यान्न, औषधी र दैनिक उपभोग्य बस्तु समेत गरी ११९ थरिका सामानहरु राहतको रुपमा नेपाल आएको उनले जानकारी दिए ।

भूकम्पले पर्सामा २० जनाको मृत्यु
भूकम्पले पर्सा जिल्लाका २० जनाको मृत्यु भएको छ ।

प्रजिअ घिमिरेले भने “भूकम्प आउँदा आत्तिएर जिल्लामा ६ जनाको मृत्यु भएको छ । त्यसैगरी पर्साकै १२ जनाको राजधानीमा र २ जनाको चितवनमा मृत्यु भएको पुष्टी भएको छ ।”

उनका अनुसार भूकम्पबाट पर्सामा ५७ वटा सरकारी भवन र १२१ वटा विद्यालय भवनमा क्षति पुगेको छ । त्यस्तै ६ वटा मन्दिरमा भूकम्पले असर गरेको छ भने निजी भवन क्षति भएको भन्दै ४४९ वटा निवेदन परेका छन् ।
सुरेश विडारी पर्सा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>