समाचारबुधबार, जेठ २७, २०७२

अशोक राईले अध्यक्ष छोडेका छैनन्ः श्रेष्ठ

हिमालखबर

संघीय समाजवादी पार्टी नेपालका महासचिव राजेन्द्र श्रेष्ठले मधेशी जनाधिकार फोरम नेपालसँग पार्टी एकताका लागि सैद्धान्तिक सहमति भएको बताएका छन् ।

उनका अनुसार पार्टीको नाम, झण्डा, चुनाव चिन्ह, लोगो र सैद्धान्तिक कार्यक्रमबारे फोरम नेपालसँग सहमति भएपनि नेतृत्वबारे छलफल भएको छैन । श्रेष्ठले भने, ‘‘पार्टी एकताका लागि सैद्धान्तिक सहमति भयो, तर नेतृत्वमा छलफल शुरु भएको छैन ।’’

पार्टीको नाम संघीय समाजवादी फोरम नेपाल, संघीय समाजवादीको झण्डा, फोरम नेपालको चुनाव चिन्ह र खस समावेशी राष्ट्रिय पार्टीको लोगोलाई एकतापछि प्रयोग गर्ने सहमति भएको श्रेष्ठले बताए । यसअघि, संघीय समाजवादी र खस समावेशीबीच एकीकरणको टुंगो लागिसकेको छ ।

श्रेष्ठले भने, ‘‘नेतृत्व छोड्ने नछोड्ने भन्ने विषयमा प्रवेश नै भएको छैन, तर पदकै कारण अव एकीकरण प्रक्रिया नरोक्ने सहमति भइसकेको छ ।’’ १० जना सभासद् रहेको फोरम नेपाल र ५ जना सभासद् रहेको फोरम नेपालबीच एकता भएपछि संविधानसभामा यो दल पाँचौ शक्ति बन्नेछ ।

एकीकरणको प्रक्रियामा रहेका यी तीन वटै दलका नेतृत्व एमाले पृष्ठभूमीका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>