समाचारबुधबार, जेठ २७, २०७२
१६ बुँदे सहमतिको बानद्वारा प्रशंसा
संयुक्त राष्ट्र संघका महासचिव बानकी मुनले संविधान बनाउन नेपालका राजनीतिक दलले गरेको १६ बुँदे सहमतिलाई महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।
२६ जेठ राति बक्तव्य जारी गर्दै उनले सहमतिमा पुग्न राजनीतिक दलका नेताले प्रदर्शन गरेको परिश्रमपूर्ण प्रयास तथा रचनात्मक नेतृत्वको प्रशंसा गररेका छन् ।
“गत महिनाका ठूला भूकम्पले सिर्जना गरेको चुनौतीपूर्ण परिस्थितिमा भएको यो उपलब्धि विशेषरुपमा प्रशंसनीय छ,” महासचिवका तर्फबाट उनका प्रवक्ताले जारी गरेको वक्तव्यमा भनिएको छ ।
सहमति कार्यान्वयनका लागि निर्णायक कदम चाल्न राजनीतिक नेतृत्वलाई अभिप्रेरित गर्दै महासचिवले नेपालीको बृहत् हितका खातिर सबै पक्षसँग परामर्श गरेर संविधान लेखनका बाँकी विषय टुङ्ग्याउन अनुरोध गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
