समाचारबिहीबार, जेठ २८, २०७२
बिहान ४.६ म्याग्निच्यूडको भूकम्प
आज २८ जेठ बिहान ‘गोरखा भूकम्प’को परकम्प महशुस गरिएको छ ।
बिहान १० बजेर २ मिनेट जाँदा सिन्धुपाल्चोकका जलवीरे, बतासे र फुल्पिङकोट गाविसको बीच भागमा ४.६ म्याग्निच्यूडको भूकम्प गएको केन्द्रको बेवसाइटमा उल्लेख छ ।
यसअघि गएरति १२ बजेर २६ मिनेट जाँदा दोलखाको भीमेश्वर नगरपालिका भीमेश्वर मन्दिर छेउ केन्द्रविन्दु भएको ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प गएको थियो ।
यी दुवै भूकम्प १२ वैशाखमा गएको भूकम्पको परकम्प भएको पनि केन्द्रले जनाएको छ ।
भूगर्भविदहरुका अनुसार यस्ता स-साना परकम्पहरु अझै केही समय गइरहनेछन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
