समाचारबिहीबार, जेठ २८, २०७२

ताप्लेजुङ पहिरोः मृतकको संख्या ३० पुग्यो (अपडेट)

हिमालखबर

ताप्लेजुङ्मा लिवानमा गएको पहिरोले दर्जनौं घर पुरेको छ ।

ताप्लेजुङ्मा लिवानमा गएको पहिरोले दर्जनौं घर पुरेको छ ।

पश्चिमी ताप्लेजुङका विभिन्न गाविसमा शुरु भएको वर्षासँगै गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३० पुगेको छ ।

पहिरोमा पुरिनेहरुको संख्या हालसम्म यकिन हुन सकेको छैन । प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाका अनुसार जिल्लाका थिङलावु, खोक्लिङ र लिङतेप लगायतका गाविस पहिरोवाट अधिक प्रभावित भएका छन ।

पहिरोका कारण लिवाङ गाविसमा सवैभन्दा धेरै मानवीय क्षति भएको छ । सो गाविस वडा नम्वर १ का सन्तहाङ फेम्सोहाङ लिम्वुको परिवारका मात्रै १० जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा सन्तहाङ सहित शिक्षा, आइतमाया जुनु, प्रेम, शिशिर, अञ्जु, सपना फेम्सोहाङ र अरुण फेम्सोहाङ सहित घरमा पाहुना आएकी एकजना आफन्त सहित १० जनाको शव फेला परेको वताइएको छ ।

यस्तै लिवाङ १ कै निमाखाम्दु शेर्पा र उनका एकजना नातिको पनि मृत्यु भएको स्थानीयले वताएका छन् ।

सो गाविसमा थप ६ जनाको शव भेटिएपनि सनाखत भने हुन सकेको छैन । पहिरोले ताप्लेजुङकै थिङलावु गाविसको याकफेदी भन्ने स्थानमा ५ जनाको शव भेटिएको स्थानीय नारायण लिम्वूले टेलिफोनमा वताए ।

यस्तै खोक्लिङ ७ मा घर वगाँउदा २ जना वालकको ज्यान गएको छ । मृत्यु हुनेहरुमा १० वर्षीय सविन मादेन र ८ वर्षीय वसन्त विक छन ।

लिङतेप १ का आइतवहारदुर लिम्वूकी ८ वर्षीय छोरी चमेली लिम्वुको पनि पहिरोमा परी मृत्यु भएको वताइएको छ भने सान्थाक्रा ३ का अम्वर लिम्वू सहित २ जना र लिङतेप गाविसमा ३की मनमाया लिम्वूको पनि पहिरोमा मृत्यु भएको छ ।

यद्यपी जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले भने पहिरोमा वेपत्ता भएका मध्ये १५ जनाको मात्र शव भेटिएको र तिनीहरुमध्ये ३ जनाको पहिचान खुलेको दावी गरेको छ ।

ताप्लेजुङका निमित्त प्रजिअ सुरेन्द्र भट्टराईले भने –“६ वटा गाविसमा पहिरो गएको छ,करिव तीन दर्जनको ज्यान जानुका साथै त्यत्तिकै संख्यामा घाइते र वेपत्ता भएको खवर आएपनि हालसम्म १५ जनाको मात्रै शव भेटिएको जनाकारी हामीकहाँ आएको छ जसमध्ये ३ जनाको मात्रै पहिचान खुलेको छ ।”

ताप्लेजुङका प्रहरी प्रमूख शान्तिराज कोइरालाले पहिरोमा ज्यान गुमाएका र घाइते भएकाको उद्धारका लागि गाँउ गाँउवाट प्रहरी परिचालन गरेपनि प्रतिकुल मौसमका कारण प्रभावित क्षेत्रमा पुग्न कठिनाई भइरहेको वताए ।

उनका अनुसार अहिले ताप्लेजुङमा पानी पर्न रोकिएपनि वाक्लो हुस्सु लागिरहेका कारण काठमाण्डौवाट झिकाइएको हेलिकोप्टर अवतरण हुन सकेको छैन ।

लक्ष्मी गौतम

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>