थप समाचारबिहीबार, जेठ २८, २०७२

मनसुन दुई दिनभित्र शुरु हुने

हिमालखबर

मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन दुई दिनभित्र शुरु हुने जनाएको छ ।

महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार बङ्गालको खाडीबाट म्यान्मा आसपास क्षेत्रसम्म मौसमी हावाको गतिविधि शुरु भइसकेको छ ।

केही दिनमा देशको पूर्वी भेगबाट मनसुन प्रवेश गर्नेछ । महाशाखाका अनुसार सामान्यतया जुन १० देखि सेप्टेम्बर २३ सम्मको अवधिलाई मनसुनको समय मानिन्छ । त्यसमा दुई/तीन दिन तलमाथि हुँदा स्वाभाविक मानिन्छ ।

पूर्वी भेगबाट प्रवेश गर्ने मौसमी हावाले यस अवधिमा पश्चिमी भेगतर्फ सर्दै देशभर वर्षा गराउने र पुनः पश्चिमीबाट पूर्व हुँदै निष्क्रिय हुने गर्छ ।

मनसुन भित्रने प्रक्रियाअन्तर्गत विभिन्न उच्च तथा पहाडी भेगमा हावाहुरी, गर्जन, चट्याङ र क्षणिक वर्षाको सम्भावना छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>