समाचारबिहीबार, जेठ २८, २०७२
आमाको नामबाट नागरिकता दिइने
नयाँ संविधानका विवादित विषय नागरिकताबारे पनि सहमति जुटेकोे छ ।
संवैधानिक–राजनीतिक सम्वाद तथा सहमति समितिले गठन गरेको विवाद समाधान उपसमितिले ‘आमा वा बुवा’को नामबाट नागरिकता दिने सहमति गरेको हो ।
बंशजको आधारमा प्राप्त हुने नागरिकता बाबुको नामबाट दिइदै आएकोमा अव नयाँ संविधानले आमाको नामबाट दिने सहमति जुटेको उपसमिति सदस्य गोपाल दहितले बताए । उनका अनुसार अन्तरिम संविधान २०६३ कै प्रावधान अनुसार आमाको नामबाट नागरिकता दिने व्यवस्था हुने भएको छ ।
दलहरुबीच ‘आमा र बुवा’को नाम उल्लेख गर्ने कि ‘आमा वा बुवा’को नामबाट पनि नागरिकता पाउनसक्नेबारे विवाद हुँदै आएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
