समाचारबिहीबार, जेठ २८, २०७२

प्रतिवेदन तयार नहुँदा संविधानसभा बैठक प्रभावित

हिमालखबर

संविधानसभा भवनभित्र सभासद् सुरक्षितः सचिवालयसंवैधानिक–राजनीतिक सम्वाद तथा सहमति समितिले विवाद समाधान गर्न गठन गरेको उपसमितिले विवादित विषयमा सहमति जुटाउन नसक्दा प्रतिवेदन लेखनमा ढिलाई भएको छ ।

सभासद् पूर्णबहादुर खड्का संयोजकत्व उपसमितिले तीन वटा विषयमा सहमति जुटाउन नसक्दा प्रतिवेदन लेखनमा ढिलाई भएको सभासद् गोपाल दहितले बताए । उनका अनुसार संवैधानिक निकाय, न्यायाधीश पुननियुक्ति र संविधान संशोधन जनमत संग्रहबाट गर्ने प्रस्तावमा सहमति जुट्न सकेको छैन ।

यो विवाद मिलाउन शीर्ष नेताहरुलाई बैठकमा बोलाएका छन् । उपसमिति सदस्य दहितका अनुसार शीर्ष नेताहरु बैठकमा ढिलोगरी आएकाले प्रतिवेदन तयार पार्न ढिलाई भएको छ ।

उपसमितिले नागरिकताको विषयमा सहमति जुटाएको छ भने सरकार गठन भएको दुई बर्षसम्म अविश्वासको मत राख्न नपाइने प्रावधान राखिने भएको छ । तर, दुई तिहाईसहित अर्काे उमेद्वार तय भए अविश्वासको मत राख्न पाइनेछ ।

संविधानको प्रस्तावनामा ‘बहुलवाद’ शब्द राख्ने कि नराख्ने भन्ने विषयमा अहिले छलफल नगरिने भएको छ । सहमति जुट्न नसकेको विषयमा ‘फरक मत’ राखेर भएपनि केही घण्टाभित्र प्रतिवेदन तयार पारिने दहितले बताए ।

उपसमितिले पाएको विहान १० बजेसम्मको समयमा प्रतिवेदन बुझाउन नसकेपछि दिउँसो १ बजेका लागि राखिएको सम्वाद समितिको बैठक र ३ बजे राखिएको संविधानसभा बैठक प्रभावित बनेको छ ।

नयाँ संविधानका प्रमुख विषयहरुमा दलहरुबीच सहमति जुटेकाले अन्य विषयलाई ‘फरक मत’ राखेर भएपनि प्रतिवेदन संविधानसभामा बुझाउनको साथै मस्यौदा समितिलाई प्रतिवेदन बुझाइने तयारी संविधानसभा सचिबालयले गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>