समाचारबिहीबार, जेठ २८, २०७२

भूकम्पले हल्लिएको जमिनमा पानी पर्दा ताप्लेजुङमा पहिरोःभूगर्भविद्

हिमालखबर

भूगर्भ एवम् मौसमविद्ले भूकम्पले हल्लिएर कमजोर भएको जमिनमा धेरै पानी परेकाले ताप्लेजुङमा पहिरो गएको बताएका छन् ।

ताप्लेजुङमा २०४५ पछि ठूलो पानी परेकाले पहिरो गएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान ८ः४५ बजे ताप्लेजुङमा १२९ मिलिलिटर पानी परेको मापन गरिएको महाशाखाका मौसमविद् समेश श्रेष्ठले  बताए ।

“ताप्लेजुङमा २७ वर्षपछिकै ठूलो पानी परेको छ, २०४५ मा १३४ मिलिलिटर पानी परेको मापन गरेपछि अहिले १२९ मिलिलिटर पानी मापन गरिएको छ, यो पानीको मात्रा धेरै नभएपनि थोरै पनि होइन, यसैले पहिरोको जोखिम निम्त्यायो”, उनले भने ।

ताप्लेजुङको बर्षाद्बाट मनसुन प्रवेश नभएको पनि महाशाखाले जनाएको छ । मनसुन प्रवेश हुन अझै दुई तीन दिन बाँकी भएको मौसमविद् श्रेष्ठ बताउँछन् । अब मनसुनअघि पूर्वका जिल्लामा १२९ मिलिलिटर भन्दा ठूलो पानी पर्ने सम्भावना रहेको छैन ।

भूगर्भविद् प्राडा मेघराज धिताल १०० मिलिलिटर भन्दा धेरै पानी पर्दा पहिरोको जोखिम बढ्ने गरेको पूर्वअनुभव सुनाउछन् । “२०५० मा कुलेखानीमा, त्यसपछि पोखरामा र गत वर्ष दार्चूलामा पनि पानीको मात्राकै कारण पहिरो गएको थियो, ताप्लेजुङमा त्यस्तै भएको हो,” उनले भने ।

पहिरोकै विषयमा विद्यावारिधि गरेका त्रिभुवन विश्वविद्यालय इन्जिनीयरिङ अध्ययन संस्थानका सहप्राध्यापक डा वसन्तराज अधिकारी पानी धेरै परी ताप्लेजुङका भिराला स्थानमा पहिरो गएको बताउछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>