समाचारशुक्रबार, जेठ २९, २०७२

सम्वाद समितिको प्रतिवेदन पेश

हिमालखबर

दलहरुबीच नयाँ संविधानका प्रमुख विवादित विषयमा सहमति जुटेपछि संवैधानिक–राजनीतिक सम्वाद तथा सहमति समितिले संविधानसभामा प्रतिवेदन बुझाएको छ ।

दिउँसो १ बजेसम्मको समय समय पाएको सम्वाद समितिले राति ९:३० बजे प्रतिवेदन बुझाएको थियो । सहमति जुट्न बाँकी विषयमा उपसमितिमार्फत सहमति जुटाएर सम्वाद समितिले प्रतिवेदन तयार पारेको थियो ।

विहान १० बजेसम्म समय दिएर सहमतिको प्रतिवेदन पेश गर्न गठीत उपसमितिले साँझ ६ बजे मात्रै सहमति जुटाएपछि सम्वाद समिति तथा संविधानसभाको बैठक प्रभावित बनेको थियो ।

सम्वाद समितिका सभापति बाबुराम भट्टराईले पेश गरेको प्रतिवेदनमाथि २९ जेठमा बस्ने संविधानसभाको बैठकमा छलफल हुनेछ ।

आजै प्रतिवेदनमाथि सभासदहरुको धारणा लिएर मस्यौदा समितिमा पठाउने तयारी भएपनि ढिलो भएपछि भोलिका लागि संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले बैठक सारेका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>