समाचारशुक्रबार, जेठ २९, २०७२
कांग्रेस पार्टी कार्यालयमा तोडफोड
नेपाली कांग्रेसको क्षेत्रीय कार्यालय चितवनमा आज तोडफोड भएको छ ।
अपरिचित व्यक्तिहरुले चितवनको फूलबारीमा रहेको क्षेत्रीय कार्यालयमा तोडफोड गरेको कांग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङले जानकारी दिए ।
तोडफोडबाट झ्यालका सिसा फुटेका छन् भने टेबल कुर्सी समेत टुटफुट भएको सभापति गुरुङले बताए । तोडफोड गर्ने समूहको पहिचान भने खुलेको छैन ।
कुन उद्देश्यले तोडफोड गरिएको भन्नेबारे जानकारी नआएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्षतिको विवरण सङ्कलन भइरहेको कांग्रेसले जनाएको छ । उक्त क्षेत्र प्रधानमन्त्री सुशील कोइरालाको निर्वाचन क्षेत्र हो ।
कोइराला विजयी भएर सिट छाडेपछि रामकृष्ण घिमिरे उपचुनावमा विजयी भएका थिए ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
